प्रअ गिरीको दादागिरी, शिक्षा कार्यालयमा तोडफोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७१, शनिबार ०९:२५

प्रविण अग्रवाल
रौतहट, २१ भाद्र । निम्न माध्यमिक विद्यालय बालमन्दिर गौरका प्रध्यानाधयापक गणेश बहादुर गिरीले शुक्रवार स–साना बालबालिकाहरुलाई उचालेर जिल्ला शिक्षा कार्यालय रौतहटमा तोडफोड गर्न लगाएका छन् ।
आफ्नो प्रद्यानाध्यापक पद जोगाउन उक्त विद्यालय मै रहेका स–साना उमेरका बालबालिकाहरुलाई उचालेर विद्यालयमा हो हल्ला गराउनुका साथैं जिल्ला शिक्षा कार्यालय रौतहटको झयाल ढोका तोडफोड गर्न लगाएका छन् ।
जिल्लामा तहगत शिक्षकको दरबन्दी मिलानका लागि चर्चा चलिरहेकैं बेला जुद्ध उच्च माध्यमिक विद्यालय गौरमा कार्यरत निमावि शिक्षक गणेश यादवको काज सरुवा भई शुक्रवार हाजिर हुन निमावि बालमन्दिर गौरमा गए पछि प्राथमिक शिक्षकका प्रद्यानाध्यापक गणेश गिरीले निमावि शिक्षक यादवलाई हाजिर नगराई उल्टै स–साना बालबालिकाहरुलाई शिक्षक यादवमाथि हुटिंग गराउनुको साथै जिल्ला शिक्षा कार्यालय रौतहटमा तोडफोड गराएका छन् । प्रअ गिरीको ईसारामा गएका विधार्थीहरुले शिक्षा कार्यालयको टेबल, कुर्सी, झयाल, ढोका तथा अन्य फर्निचरहरु तोडफोड गर्नका साथै जिल्ला शिक्षा अधिकारीलाई गाली गलौज समेत गरेका छन् ।
कार्यालयमा भएको तोडफोडकाबारे शिक्षा कार्यालयका कर्मचारी नन्द किशोर गुप्ता र रामाश्रय ठाकुरले विधार्थीहरुलाई उचाली कार्यालय तोडफोड गराउनु दुखदाई भएको प्रतिक्रीया दिएका छन् ।
प्रद्यानाध्यापक गणेश गिरीले विद्यालयमा पठनपाठ्न अवरुद्ध गराई विधार्थीलाई नकारात्मक क्रियाकलापमा प्रयोग गरेको भन्दैं केही अभिभावकहरुले आक्रोश समेत पोखेका छन् । तोडफोडको क्रममा भिडलाई नियन्त्रण गर्न जिल्ला शिक्षा कार्यालयमा व्यापक प्रहरी परिचालन गरिएको थियो । सरकारी सम्पति तोडफोडमा संग्लन विधार्थीहरु मध्ये ४ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि ति विधार्थीहरुलाई उच्चालने प्रद्यानाध्यापक र शिक्षकलाई नियन्त्रणमा नलिएकोले बास्तविक दोषी उम्केको अभिभावकहरुको भनाई रहेको छ ।
प्राथमिक तहका शिक्षक गणेश बहादुर गिरी हाल निम्न माध्यमिक विद्यायलय बालमन्दिरमा प्रद्यानाध्यपक भई कार्यरत रहेका छन् । सोही विद्यालयमा निम्न माध्यमिक तहका शिक्षक गणेश यादव हाजिर भए पछि आफ्नो प्रद्यानाध्यापक पद धारापमा जाने देखिए पछि प्रअ गिरीले यस्तो शडयन्त्र रचेका छन् । विद्यालय जस्तो शान्ति क्षेत्रमा नारा जुलुस र तोडफोड गराउन स–साना बालबालिकाहरुलाई उचालेको घटना अत्यन्तै घ्रिनित रहेको नेपाल शिक्षक संगठन रौतहटका उपाध्यक्ष रामाशंकर जयसवालको भनाई रहेको छ ।

प्रतिक्रिया