‘अपेन किड्स टेयालेन्ट ट्रयाल २०७६’ भब्य समारोह बीच सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०७६, शुक्रबार ०५:३२

काठमाडौँ । एशोसिएसन अफ प्रि- स्कुल एजुकेटर्स नेपाल अपेनको आयोजनामा ‘अपेन किड्स टेयालेन्ट ट्रयाल २०७६’ सञ्चालन भएको छ । २७ वटा विद्यालयका ७५० बालबालिकाको सहभागिता रहेको उक्त कार्यक्रममा बालबालिकाहरुले आफ्ना प्रतिभा प्रर्दशन गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिकाभित्र सञ्चालित प्रि- स्कुलको सहभागिता रहेको सो नेपाल एकेडेमी पज्ञा प्रतिष्ठानमा भएको थियो । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका नेता गगन थापाले गरेका थिए ।

कार्यक्रमको उदघाटनमा बोल्दै नेता थापाले सानो कक्षामा भर्ना हुनेको संख्या बढी हुने र जब कक्षा बढ्दै जादा विद्यार्थी पनि हराएउने गरेको कुरालाई समेत उल्लेख गरेका थिए । यसै कुरालाई लिएर सरकारले प्रारम्भिक बालविकास खुलाउने अभियान लिएको तर त्यो पुरा हुन नसकेको समेत बताउनु भयो ।

साना बालबालिकाको लुकेर रहेको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको थियो ।

‘अपेन किड्स टेयालेन्ट ट्रयाल २०७६’ कार्यक्रमका संयोजक बिनोद थापा सदस्यहरु कमला ढकाल अधिकारि ,रिंकु ढकाल ,दीपा रोक्का आचार्य ,सुनिल ढुंगाना ,लिल गुरुङ ,सबिन पन्त पाठक ,निरु भण्डारी ,निरा थापा ,रचना कार्की रहनु भएको थियो भने अपेन बुढानिलकण्ठ कार्यसमितिमा अध्यक्ष राजकुमार घिमिरे ,उपाध्यक्ष रुकमणि तिमिल्सिना,कोषाध्यक्ष संगीता पन्त ,सचिब दिपा रोक्का आचार्य ,सह-सचिब बिनोद थापा ,सदस्यहरु रिंकु ढकाल ,सुनिल ढुंगाना ,रचना कार्की ,निरु भण्डारी ,लिल गुरुङ ,सरोज अधिकारि रहेका छन् ।

कार्यक्रम संचालन रिंकु ढकाल र दिपा रोक्का आचार्यले गर्नुभएको थियो । फोटो सहित :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१