रारामार्टको अफर : सपिङ्ग गर्दा परिवारको निशुल्क स्वस्थ्य उपचार दिने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०७६, शुक्रबार ०४:५९

काठमाडौं । रारा कर्पोरेशन (नेपाल) प्राली ले नेपालमा आक्रामक बजार विस्तारको रणनीति अघि सारेको छ । नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरुभएको रारामार्ट ब्राण्डले नेपालबाट समेत सेवा प्रारम्भ गरेको छ । करिब ६ महिना अघिदेखी नेपालमा रारामार्ट डटकम नामबाट संचालनमा आएको रारामार्टले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सपिङ्ग गर्दा परिवारको निशुल्क स्वस्थ्य उपचार दिने घोषणा गरेको छ ।

रारामार्ट नेपालका अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । यो कार्यक्रम आफ्ना ग्राहकलाई स्वथ्य बीमा सेवा प्रदान गर्ने उदेश्य अनुरुप ल्याइएको अध्यक्ष पाण्डेले बताएका छन् । जसका लागि प्रिमियर इन्स्योरेन्ससँग कम्पनीले सहकार्य गरेको छ । यसमा रारामार्टबाट सामान खरिद गर्दा आफू र आफ्नो परिवारका सदस्यले निशुल्क स्वासथ्य बीमा सुविधा प्राप्त गर्नेछन् । ग्राहकले २० हजारको सामान किने २५ हजारसम्मको बीमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ४० हजारको समान किने ५० हजार र ८० हजारको सामान खरिद गरे एक लाख रुपैयाँसम्मको स्वस्थ्य बीमा सेवा उपलब्ध हुने कम्पनीका संस्थापक निर्देशक प्रकाशचन्द्र सापकोटाले बताए । त्यस्तै कम्पनीले नेपालमा पहिलोपटक अनलाईन हाट बजार समेत सञ्चालनमा ल्याएको छ । कम्पनीले रारा फ्राइडे, अनलाईन हाटबजार नाम दिइएको यस कार्यक्रम आजकै मितिबाट लागू भएको जानकारी दिएको छ ।

कम्पनीले यस कार्यक्रममार्फत हरेक शुक्रबार विभिन्न क्याटेगोरीहरुमा अतिरिक्त छुट प्रदान गर्ने जनाएको छ । रारामार्ट नेपालले अनलाईन सपिङ्ग बजारको मुख्य कमजोरीलाई शुक्ष्म ढंगले अध्ययन गरी त्यस अनुसारको रणनीति तर्जुमा गरि अघि बढाएको अध्यक्ष पाण्डेले बताए ।

अध्यक्ष पाण्डेका अनुसार रारामार्टले पहिलो पटक काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरुगरिएको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् । यदी त्यस्ता सामानहरु कथंकदाचित बिक्री भईहालेमा त्यसलाई बिनासर्त फिता गरिने छ’ ।

उनले थपे, ‘ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ’ ।

कार्यक्रममा रारामार्ट जापानका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले रारामार्ट नेपाल यतिबेला आक्रामक कार्यक्रमहरु बनाएर अघि बढिरहेको र नेपालको उत्साहप्रद व्यसायीक बिस्तारले आँफुहरुलाई हौसाईरहेको बताए । उनले रारा ग्रुपले अमेरिकामा कम्पनी दर्ता गरिसकेको र सन् २०२० मा अमेरिकाबाट पनि कार्य प्रारम्भ गर्नेछ । कार्यक्रममा रारामार्ट जापान तथा अमेरिकाका प्रतिनिधीको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१