गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ४ उद्योग कारबाहीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७६, बिहीबार ०४:५२

काठमाडौं । गुणस्तरहीन सिमेन्ट उतपादन गर्ने ४ वटा सिमेन्ट उद्योगलाई सरकारले कारबाही गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने नेपाल अल्ट्राटेक सिमेन्ट मोरङ, चितवन सिमेन्ट परासी, नेपाल अम्बुजा सिमेन्ट भैरहवा र जानकी सिमेन्ट सुनसरीलाई कारबाही गरेको हो।

जसमध्ये नेपाल अल्ट्राटेक सिमेन्ट मोरङको बिक्री वितरणमा रोक तथा स्पष्टिकरमाग गरिएको विभागका महानिर्देश विश्वबाबु पुडासैनीले जानकारी दिए। यो सिमेन्ट उद्योगले आइआरको मापदण्ड नेपाल गुणस्तर अनुरुप नगरेको विभागले जनाएका छ।

यसैगरी, चितवन सिमेन्ट परासीको भने इजाजत नै रद्द गरेको विभागको विज्ञप्तिमा उल्लेख छ। यो सिमेन्ट उद्योगले पनि पटकपटक आइआर मापदन्ड पूरा नगरेको र कम्प्रेसिभ स्ट्रेन्थ पनि नेपाल गुणस्तर अनुरुप नभएको विभागले जनाएको छ।
यसैगरी अम्बुजा सिमेन्ट भैरहवाका पनि इजाजात रद्द गरको विभागले जनाएको छ। यो सिमेन्ट उद्योगले मात्र पनि बढी प्रयोग गरेको फेला परेको पुडासैनीले जानकारी दिए।

यसैगरी, जानकी सिमेन्ट सुनसरीको सिमेन्ट बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण माग गरेको छ। यो सिमेन्टले आइआरलगायतको मापदन्ड उल्लंघन गरेको फेला परेको विभागको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१