कुवेतमा नेपाली कामदार अलपत्र : २४ जनाको उद्दारमा समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७६, बिहीबार ०४:४४

काठमाडौं । कुवेतमा अलपत्र २८ नेपाली कामदार मध्ये २४ जनाको उद्दारमा समस्या देखिएको छ । चार जना कामदार नेपाल फर्किएका छन् ।

जेलमा रहेका १९ जना र अलपत्र अवस्थामा रहेका ५ जनाको उद्दार हुन सकेको छैन । म्यानपावर कम्पनी र कुवेतमा रहेको नेपाली दूतावासको चरम लापरबाहीले नेपाली कामदार अलपत्र परेका हुन् ।

कुवेतको जेलमा रहेका ठानेश्वर घिमिरे, टिका नेपाली, सोमबहादुर राउत, लक्ष्मण चौधरी, कुशल गुरुङ, आकाशबहादुर क्षेत्री, श्रीधर न्यौपाने, आविशबहादुर दमाई, राकेश खत्री, अमर परियार, किसन राई, अजयकुमार चौधरी, अजय कुमाल, दीपक कुमाल, रञ्जितकुमार पूर्वे, अजयकुमार मण्डल, मोजम हुसेन, जुल्फकार अली र सागर डुम्रेको उद्दारमा समस्या भएको छ ।

कुवेतस्थित नेपाली दूतावासले उनीहरुलाई नेपाल पठाउनका लागि दूतावासले पहल गरिरहेको जनाएको छ ।

नेपाली दूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले इदका कारण ढिलो भएपनि अब केहीदिन भित्र उनीहरु नेपाल फर्किने बताएका छन् ।

नागरिकखबर डटकमसँग कुराकानी गर्दै उनले भने, ुहामीले पहल गरिरहेका छौँ । उनीहरुलाई डिपोटेसन प्रकृयाका लागि पशासनले राखेको हो । जेलमा परेको होइन् । पर्सिदेखि एकहप्ता यहाँको विदा छ । तर हामीले पहल गर्दा यो काम हुन्छ भनेको छ । चाँडै नै १९ जना घर फर्किने छन् । बाँकी ५ जनालाई पनि त्यहीँ प्रकृयाबाट नेपाल पठाइने छ ।ु

अलपत्र २८ नेपाली कामदारमा रुद्रबहादुर थापामगर, बाबुराम घिमिरे, विनोद थापा र यमबहादुर गन्धर्व नेपाल आइसकेका छन् । जेल पुगेका चार नेपाली कामदार ६ दिन जेल बसेर नेपाल फर्किएका हुन् । उनीहरु अहिले काठमाडौं आइपुगेका छन् । रिखीराम अर्याल, प्रदीप चौधरी, जीवन तामाङ, निसान मगर र हिरालाल मण्डल भने कुवेतमै अलपत्र परेका छन् ।

काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सर्भिसेसबाट २८ जना कुवेत पुगेका थिए । सारोनमार्फत अप्रिल १०, ११ र १५ मा कुवेतमा रहेको कम्पनीमा कामका लागि गएका उनीहरुले काम पनि नपाएको बताएका थिए ।

रुपन्देहीको बुटवलमा रहेको खगोल म्यानपावरले सारोनलाई कामदार उपलब्ध गराएको थियो । प्रतिव्यक्ति १ लाख २५ हजार रुपैयाँदेखि १ लाख ८० हजार रुपैयाँसम्म म्यानपावर कम्पनीलाई बुझाएर गएका २८ जनाले ४ महिनासम्म पनि काम, दाम र माम नपाएको गुनासो छ ।

म्यानपावर कम्पनीका सञ्चालक श्याम क्षेत्रीले आफूले अलपत्र र जेलमा रहेका नेपाली कामदार ल्याउनका लागि पहल गरिरहेको बताएका छन् ।

नेपाली कामदारहरु अलपत्र परेको विषयमा नागरिकखबर डटकमले निरन्तर खबर प्रकाशन तथा प्रसारण गर्दै आएको छ । कामदारहरु अलपत्र परेको खबर थाहा पाएपछि श्रममन्त्री गोकर्ण विष्टले तत्काल उद्दार गर्न गराउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१