सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको ६९ हजार ५ सय रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७६, बिहीबार ०४:३९

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मुल्य बुधवार छापावाल सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो तीन दिनमा ३ हजार २ सय रुपैयाँले बढेको छ । अमेरिका र चीनबीचको व्यवापार युद्धका कारण सुनको भाउ निरन्तर बढेको व्यवसायीले बताएका छन् ।

पछिल्लो समय भारत पाकिस्तानबीचको तनावले डलर बलियो भएको र त्यसको असर सुनको भाउमा परेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१