डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७६, बुधबार ०४:५५

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै मंगलबार राती १२ बजेबाट नै बढाइएको मूल्य दर लागू हुने उल्लेख गरेको छ।

निगमले पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा बढाएको छ।
यो सँगै अब पेट्रोलको प्रतिलिटर १०९, डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

हवाई ईन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ।

निगमले आर्थिक वर्ष २०७५र०७६ मा एलपी ग्यासमा ६ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

तर ग्यासको मूल्य भने प्रति सिलिन्डर २५ रुपैयाँ कम भएको छ। अब ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ।

मूल्य समायोजन गरे पश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो हुने निगमले जानकारी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१