भारतीय पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७६, बुधबार ०४:५३

काठमाडौं । भारतीय पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन भएको छ। ६६ वर्षको उमेरमा उनको मंगलबार राति निधन भएको हो।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार मुटुमा समस्या देखिएपछि उनलाई नयाँ दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो। प्राप्त समाचारमा जनाइएअनुसार उनको उपचारकै क्रममा अस्पतालमै निधन भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको निधनमा दुःख व्यक्त गर्दै भारतलाई अपुरणीय क्षति पुगेको बताएका छन्। मध्यरातमा लगातार ५ वटा ट्विट गर्दै उनले स्वराजले आफ्नो कार्यकाल तथा भारतीय राजनीतिमा अमूल्य योगदान दिएको स्मरण गरेका छन्।

ुपछिल्लो ५ वर्षमा मेरो मन्त्रीमण्डलमा रहेर उहाँले गर्नुभएको कामलाई कहिले पनि भुल्ने छैन। स्वास्थ्य अवस्था राम्रो नहुँदानहुँदै पनि उहाँले आफ्नो काम तथा आफ्नो मन्त्रालयको क्षेत्राधिकारभित्र आइपरेका हरेक समस्यामा आवश्यक र सक्दो न्याय दिन प्रयास गर्नुभयो। उहाँको कामप्रतिको लगाव र प्रतिवद्धता अद्वितीय छ,ु प्रधानमन्त्री मोदीले ट्विटमा लेखेका छन्।

स्वाराजले जिम्मेवारी पाएका हरेक मन्त्रालयमा कुशल प्रशासकको रुपमा काम गरेको उल्लेख गर्दै मोदीले स्वराजले भारतको अन्य देशहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेका छन्। अन्य देशमा समस्यामा फसेका भारतीयहरुप्रति स्वाराजले देखाएको चासो र चालेका कदमको समेत उनले स्मरण गरेका छन्।

ुभारतका लागि गर्नुभएका हरेक कामका लागि उहाँ सदा स्मरणीय रहनुहुनेछ,ु प्रधानमन्त्री मोदीले ट्विटमा भनेका छन्, ुयो दुःखद समयमा म उहाँका परिवारजन, आफन्त तथा प्रशंषकसँगै छु।ु

भारतीय प्रतिपक्ष दल भारतीय कांग्रेसले समेत ट्विट गर्दै स्वराजको निधनले स्तब्ध बनाएको उल्लेख गरेको छ। कांग्रेसले स्वराजको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदनासमेत व्यक्त गरेको छ।

स्वराजको अवस्था बुझ्न रक्षामन्त्री राजनाथ सिंह मंगलबार राति नै अस्पताल पुगेका थिए।

उता स्वराजले आफ्नो अन्तिम ट्विटमा भारतीय प्रधानमन्त्री मोदीको खुलेर प्रशंषा गरेकी थिइन्। जम्मू(काश्मीर राज्यलाई लिएर भारतले गरेको नयाँ निर्णयलाई लक्षित गर्दै उनले लेखेकी छिन्, ुप्रधानमन्त्रीज्यू, तपाईंलाई हार्दिक अभिनन्दन। म आफ्नो जीवनमा यही दिनको प्रतिक्षा गरिरहेको थिएँ।ु

स्वराजको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा कांग्रेस नेता राहुल गान्धीले पनि दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१