फ्यानसँग यसरी भयो राखीको विवाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७६, बुधबार ०४:४९

एजेन्सी । बलिउडकी आइटम गर्ल राखी सावन्तले आफूले विवाह गरेको स्विकार गरेकी छिन् ।

४० बर्षीया कन्ट्रोभर्सी क्विन राखीले यसअघि आफ्नो विवाह अस्विकार गर्दै आएकी थिइन् । उनको श्रीमानको नाम रितेश हो । रितेश युरोपमा बस्छन् । विवाहपछि उनी पुनः विदेश ९युरोप० गइसकेको राखीले बताएकी छिन् ।

हालै राखीले दिएको अन्तर्वार्तामा आफू आमा बन्नमा कुनै हतार नभएको जवाफ दिएकी छिन् । उनले भनिन्, म अर्को बर्ष ९२०२०० मा आमा बन्ने सोचमा छु ।’

आफ्नो विवाहपछि राखी निकै उत्साहित छिन् । उनले विवाहित महिलाको गेटअपमा विभिन्न तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

अन्तर्वार्ताको क्रममा राखीले भनेकी छिन्, मेरा श्रीमान् एनआरआई हुन् । मेरा श्रीमानको नाम रितेश हो र उनी यूकेमा छन् । मेरो भिसा प्रक्रिया चलिरहेको छ र म पनि यूके जाँदैछु ।’

रितेशसँगको बारेमा उनले भनिन्, ‘यो निकै शानदार कथा छ । उनी मेरा प्रशंसक थिए र मलाई ह्वाट्सएपमा म्यासेज गर्दथे । कुरा गरेपछि हामी चाँडै नै एक अर्काको साथी बन्यौं । यो करिब एक वर्ष अघिको कुरा हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१