विद्यार्थी संगठनका अध्यक्ष चेक बाउन्स काण्डमा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७६, मंगलवार ०४:२८

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) निकटका विद्यार्थी संगठनका अध्यक्ष मनीष मिश्र चेक बाउन्स काण्डमा पक्राउ परेका छन्।

सर्लाहीका प्रहरी निरीक्षक प्रमोदकुमार यादवका अनुसार विद्यार्थी अध्यक्ष मिश्रलाई सोमबार सर्लाहीबाट पक्राउ गरिएको हो।

पक्राउ परेका अध्यक्ष मिश्रलाई काठमाडौं पठाइएको निरीक्षक यादवले जानकारी दिए।
चेक बाउन्स काण्डमा राजपा नेपाल निकटको विद्यार्थी संगठनका अध्यक्ष मिश्रविरुद्ध पाटन उच्च अदालत ललितपुरमा मुद्दा परेको थियो।

अदालतको आदेशमा महानगरीय प्रहरी टेकुले मिश्रविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही पक्राउ पुर्जीअनुसार मिश्रलाई पक्राउ गरिएको हो।

महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी निकटको विद्यार्थी संगठनको समेत मिश्र अध्यक्ष थिए।

राजपाका नेता एवम् प्रदेश २ का मन्त्री जितेन्द्र सोनल निकट मानिने अध्यक्ष मिश्रले ठेक्कापट्टाबाट अवैध असुली समेत गर्ने गरेको आरोप छ।

अध्यक्ष मिश्रलाई प्रदेशमन्त्री सोनलले संरक्षण गर्दै आएका थिए।

अहिले पनि मन्त्री सोनलले मिश्रलाई बचाउन शक्तिकेन्द्रलाई फोन गरेर धम्की दिएको उच्च स्रोतले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१