सूचना बिनै परीक्षा केन्द्र परिवर्तन भएको भन्दै परीक्षार्थीद्वारा प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७६, मंगलवार ०४:२३

जनकपुर । जानकारी नै नदिई परीक्षा केन्द्र परिवर्तन भएको भन्दै जनकपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन्। स्नातक तहको परीक्षाको केन्द्र परिवर्तन भएपछि तनाव सिर्जना भएको हो।

जनकपुर स्थित राम स्वरूप राम सागर बहुमुखी क्याम्पस अगाडि परीक्षार्थीहरूले सोमबार प्रदर्शन गरे। प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य झडप भएको थियो।

प्रदर्शनमा उत्रेका ५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नरेन्द्र कर्ण, रोशन प्रधान, सुभाष यादवसहित अन्य दुई जना पक्राउ परेका छन्। परीक्षार्थीलाई जानकारी नदिई बिबिएस तहको दोस्रो वर्षको परीक्षा केन्द्र परिवर्तन भएपछि प्रदर्शन गरेको विद्यार्थी नेता आशुतोष झा नवीनले बताए।
जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा परीक्षार्थीको चाप बढी भएपछि थप व्यवस्थित बनाउन केन्द्र परिवर्तन गर्नुपरेको सह(परीक्षा नियन्त्रक अखिलेश कुमार सिंहले जानकारी दिए। सात सय क्षमता रहेको राराव क्याम्पसमा १२ सय परीक्षार्थी भएपछि सहजताकालागि अन्य क्याम्पसहरूमा केन्द्र सारिएको उनको भनाई छ।

उनले यसबारे सम्पूर्ण क्याम्पसहरूमा जानकारी गराइएको समेत दाबी गरे। यता विद्यार्थीहरूले भने परीक्षा केन्द्र परिवर्तन भएको बारे आफूहरूलाई जानकारी नभएको भन्दै परीक्षा बहिष्कार गरी नाराबाजीमा उत्रिएका छन्।

महोत्तरीको बर्दीवासका दुई, जलेश्वरको एक र धनुषाको दुई ओटा निजी कलेजको परीक्षा केन्द्र राम स्वरूप राम सागर बहुमुखी क्याम्पसलाई तोकिएको थियो। तर व्यवस्थापनमा कठिनाइ भएपछि अन्य क्याम्पसमा केन्द्र सारिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१