यस्तो छ सरकारी कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलब सुविधा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७६, सोमबार ०४:५४

काठमाडौं । सरकारले बजेटमा गरेको घोषणा कार्यान्वयन प्रक्रिया कर्मचारीको तलबबाट गरेको छ ।

कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेट भाषणमा १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म छ ।

त्यस्तै, नेपाली सेनाको प्रधानसेनापतिको तलब ६९ हजार ४८२ छ भने सेनाको तल्लो तहमा फलोअर्स प्रथम स्तरको २० हजार ७७८ रुपैयाँ छ ।

त्यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षकको तलब ६४ हजार ७२६ रुपैयाँ छ भने प्रहरी जवानको २६ हजार १९२ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१