नेपाल कम्युनिस्ट पार्टीले पाँच महिने आर्थिक अभियान सुरु गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल समेत गरेका छन ।
प्रवक्ता प्रकाण्डले आर्थिक सहयोग अभियानमा पार्टीबाट कारबाहीमा परेका र भगौडाहरुसँग सचेत रहन अपिल गरेका छन । उनले ने.क.पाले आगामि कार्तिकसम्म चल्ने अभियानलाई पार्टीले कारबाही गरेका र भगौडाहरू तथा अराजकतावादीहरूले दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन अपिल समेत गरेका छन ।
यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैँ सहयोग गरिदिनुहुन अनुरोध छ ।
प्रतिक्रिया