६ टन फोहोर संकलन गर्दै चक्रपथ सरसफाई महा- अभियानको १२२ हप्ता पुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०७६, आईतवार ०५:१५

काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले १२२ औ हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलको संयोजनमा भएको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि १२२ औं हप्ता पुरा गरेको हो ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

१२२ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै नदिने अभियानमा लाग्ने सरसफाई अभियानका अभियन्ताहरुको भनाइ रहेको छ ।

अभियानमा ५०० जनाको सहभागी रहेको थियो भने ६ टन फोहोर संकलन गरिएको थियो ।

१२२ हप्ताको सफाई सामाखुसी चोक देखि गंगबुचोक सम्म सडकको दायाँ बायाँ क्षेत्रको वारिपारी सरसफाई गरिएको थियो ।

घरदैलो,पसल पसल, घर घर बाहिर थुपारेका फोहर लिन आउने बेला सिठिको आवाज संगै फोहर निकाल्नु पर्ने नआएको खण्डमा आफ्नै घर कम्पाउण्ड भित्र सुरक्षित आफैंले गर्नु पर्ने कुरा जानकारी गराउदै घर बाहिर भएको फोहर घरभित्र राख़्न समेत स्थानीय बासीहरुलाई जानकारी गराएको संयोजक टन्डनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २९, २०८१