रोजगारीका लागि साउदी पुगेका १५ नेपाली भोकभोकै : आफूहरुको उद्दार गरिदिन अनुरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०७६, आईतवार ०४:४३

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका १५ जना नेपाली कामदार अलपत्र परेका छन् । ५० डिग्रीको गर्मीमा भोकभोकै छन् । आफूहरुलाई सिधै कम्पनीमा काम गर्ने भन्दै साउदी पुर्‍याएको नेपाली मेनपावर कम्पनीले धोका दिएको ती युवाहरुले बताएका छन् ।

साउदी अरब पुर्‍याएपछि कहिले कता त कहिले कता पुर्‍याउँदै आएका छन् । त्यसरी अलपत्र अवस्थामा भोगभोगै रहेका ती नेपाली युवाहरुले आफूहरुको उद्दार गरिदिन अनुरोध गरेका छन् ।

अरब पुर्‍याएपछि अहिलेसम्म काम पनि नदिएको उनीहरुले बताएका छन् । नागरिकखबरलाई प्राप्त भिडियोमा उनीहरुले भोकभोकै रहेको बताएका छन् । चर्को गर्मीमा एसी नभएको साँघुरो कोठामा भेडाबाख्रा जसरी राखेको बताएका छन् ।

काठमाडौंको हनेस्टी ओभरसिजमार्फत अल फारुक ओभरसिजबाट साउदी अरब पुगेको उनीहरुले बताएका छन् । प्रतिव्यक्ति एक लाख २० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म तिरेको उनीहरुले बताएका छन् । जबकि प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने नियम छ ।

कोको परे अलपत्र रु

भोकभोकै साउदीको गर्मीमा नेपालबाट रोजगारीका लागि पुगेका युवाहरु अलपत्र अवस्थामा छन् । उनीहरुले अहिलेसम्म काम पाएका छैनन् । नेपालबाट मेनपावर कम्पनीले सिधै कम्पनीमा काम गर्ने भनेर पठाएका थिए । उनीहरु भोकभोकै बस्नुपर्ने अवस्थामा रहेको कामदारहरुले नै बताएका छन् ।

साउदीमा यो समूहका १५ जना अलपत्र परेका हुन् । एउटै कोठामा १३ जना छन् । दुईजना बस भाडा नभएकाले छुटेपछि बेपत्ता छन् । उनीहरु आफ्नो सम्पर्कमा नरहेको अनिल दाहालले बताए ।

अलपत्र परेकाहरुमा रुकुमको आठबिसकोट नगरपालिकाका सेते सार्की, सिरहा गोलबजार नगरपालिकाका सुरजकुमार साह, स्याङ्जा बिरुवा गाउँपालिकाका अनिल दाहाल, रसुवा नौकुण्ड गाउँपालिकाका विजय मोक्तान छन् ।

त्यसैगरी, बैतडी मेलौली नगरपालिकाका दिपेन्द्र सिंह नायक, सप्तरीको कञ्चनरुप नगरपालिकाका उपेन्द्रकुमार यादव, रुपन्देहीको मायादेवी गाउँपालिकाका रामकुमार भर, बैतडीको मैलौली नगरपालिकाका कृतिसिंह नायक, मानसिंह नायक, राजेन्द्रसिंह विष्ट, दिपकसिंह नेगी छन् ।

त्यस्तै, जाजरकोटको शिवालय गाउँपालिकाका शेरबहादुर खत्री र स्याङ्जाको बिरुवा गाउँपालिकाका सुमन विक पनि अलपत्र अवस्थामा साउदीमा छन् ।

उद्दार गरिदिन आग्रह
सुनौलो भविष्य सोंचेर साउदी पुगेका युवाहरु भनेको कामको त कुरै छाडौं, पानी समेत पिउन नपाउने स्थितिमा पुगेपछि आफूहरुको उद्दार गरिदिन उनीहरुले माग गरेका छन् ।

आफूहरुलाई पठाउने मेनपावर हनेस्टी र फारुकमा फोन गर्दा उल्टै हप्कीदप्की गर्ने गरेको भन्दै नेपाल सरकारले तत्काल उद्दारका लागि पहल गरिदिन उनीहरुको माग छ ।

नेपालस्थित ती दुबै मेनपावरमा सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

तत्कालका लागि इजरायलबाट समाजसेवी शरिन ख्युङ्वा तामाङले सामाजिक सञ्जाल मार्फत् उद्दारका साथै तत्काल खानपिनको व्यवस्था गर्न सामाजिक सञ्जालमार्फत् आव्हान गरेकी थिइन् । उनको आव्हानपछि साउदी अरबमा रहेका केही नेपालीहरुले सहयोग गरिरहेका छन् ।

मेनपावरको भनाइ यस्तो छ
साउदी अरबमा अलपत्र परेका नेपाली कामदारहरु आफूले पठाएको भन्दै अल फारुक ओभरसिजले आफ्नो प्रतिक्रिया दिएको छ ।

सो मेनपावरका फारुक खानले तीनजनाले अरुलाई फकाएर नेपाल फर्काउन खोजेका कारण यो समस्या आएको बताए । भनेको काम र दाम दिलाउने आफ्नो जिम्मेवारी भएको भन्दै उनले काम नगरेको बताए ।

आफ्नो मार्केटिंग मेनेजर साउदीमै पुगेर ती कामदारहरुसँग भेटेको र खानबस्नको व्यवस्था गरेको खानले प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २९, २०८१