सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ६५ हजार ८०० रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७६, शनिबार ०४:४७

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनमा शुक्रबार सुन प्रतितोला ८०० रुपैयाँ बढीमा कारोबार भएको छ।

नेपाल सुनचाँदी माहासंघको अनुसार शुक्रबार छापावाला सुन ६५ हजार ८०० रुपैयाँ र तेजाबी सुन ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । बुधबार ६५ हजार ४ सय भएको मूल्य घटेर बिहीबार ६५ हजार पुगेको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पनि परेको बताएको छ । चाँदी मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१