दोस्रो किड्स ट्यालेन्ट ट्रायल-२०७६ आयोजना गर्दै अपेन बूढानीलकण्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७६, शुक्रबार ०४:३५

काठमाडौं। मन्टेसोरी तथा प्री स्कुलहरुको छाता संगठन एशोसियशन अफ प्रीस्कुल एडुकेटर्स नेपाल९अपेन० बूढानीलकण्ठले यिनै मन्टेसोरीहरुमा अध्यनरत सानासाना बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यले गत बर्ष देखि शुरूवात गरिएको किड्स ट्यालेन्ट ट्रायलको दोस्रो संस्करण यसबर्ष पनि गरिन लागिएको छ।

प्रतिनिधि सभाका सदस्य माननीय गगनकुमार थापाको प्रमुख आतिथ्यतामा श्रावण १८ गते शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे देखि शुरु हुने र जसमा बूढानीलकण्ठ नगरपालिका भित्र दर्ता भइ सञ्चालनमा रहेका २६ वटा मन्टेसोरी तथा प्रीस्कुलका बालबालिकाहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। कार्यक्रममा अपेन बूढानीलकण्ठको उदेश्यको बारेमा अध्यक्ष राजकुमार घिमिरेले र किड्स ट्यालेन्ट ट्रायलको बारेमा कार्यक्रमका संयोजक विनोद थापाले प्रकाश पारेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१