भेटवालविरुद्ध हुन्डी कारोबारको मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७६, बिहीबार ११:३२

काठमाडौं । पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालसहित चारजनाविरुद्ध हुन्डी कारोबार ९विदेशी मुद्रा अपचलन० गरेको आरोपमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । हुन्डी गरी विदेशी विनिमय अपलचन गरेको अभियोगमा उनीहरूविरुद्ध विभागले चार करोड ६० लाख ४२ हजार रुपैयाँ बिगो दाबी गरेको छ। विभागले प्रतिवादी कायम गरेको गुरुङले भेटवालसँगको मिलेमतोमा सिंगापुरबाट आफन्त, साथी तथा अन्य व्यक्तिसँग मिलेर भ्यु टावरमा लगानी गर्ने नाममा रकम संकलन गरेकी थिइन् । त्यस्तो रकम विष्टद्वयको सहयोगमा भेटवालसँग मिलोमतो गरी प्रयोग तथा विभिन्न व्यक्तिलाई वितरण गरेको विभागको दाबी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१