काठमाडौं । भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ । महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै उजुरी परेको तथ्यांक सार्वजनिक गरेको हो ।
महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेका अनुसार अहिलेसम्म एउटा उजुरी परेको छ । न्यायिक समितिले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको गत आर्थिक वर्षको कार्यप्रगति विवरणमा जम्मा १९८ उजुरी दर्ता भएकोमा ६१ वटा फछ्र्यौट भएको र ९० वटा विचाराधीन अवस्था रहेको पनि उल्लेख गरिएको छ । ती उजुरीमध्ये सबैभन्दा बढी ५४ वटा उजुरी घर कोठा खाली गराई पाउन माग गर्दै परेको कानुन अधिकृत घिमिरेले जानकारी दिइन् ।
न्यायिक समितिले सम्बन्धविच्छेदका लागि सिफारिस गरी दिन ३४ वटा उजुरी परेको जनाएको छ । त्यसमध्ये २० वटा फछ्र्यौट भएको छ । सार्वजनिक बाटोमा निर्माण गरिएको घर, टहरा हटाउन पनि उजुरी दिइएको छ । सार्वजनिक बाटो खुलाउन माग गर्दै चार वटा उजुरी परेका छन् ।
प्रतिक्रिया