सशस्त्र प्रहरी र नेपाल प्रहरी बीच अधिकारको लडाइँ कति उचित ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७६, बिहीबार ०४:३९

बसन्त कुँवर । अचेल सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको जिम्मेवारीका बारेमा विवाद छ भन्ने विवाद समाचारमा खुब सुनिन्छ ।

देशमा भएका सुरक्षा निकायहरुको जिम्मेवारी र जवाफदेही प्रष्ट छ । आआफ्नो परिधि र उद्देश्यभित्र सबै सुरक्षा निकाय बस्नुपर्छ ।

अहिलेको स्थितिमा सुरक्षा निकाय थपिए पनि पदमा बसेकाहरुले बोलेका वा तथ्यांक देखाए झै सुमाज सुरक्षित छैन । साधारण अराजकतादेखि आतंकवादसम्म, डनदेखि गुण्डागर्दी र जाली फटाईँदेखि ठगीसम्म, कमिसनतन्त्रदेखि भ्रष्टाचारसम्म र तस्करदेखि सेटिंगसम्म र बलात्कारदेखि हत्यासम्म घटेका होइनन् । बढेका प्रमाण छन् ।

यो देख्न ठूला हाकिमहरु सर्वसाधारण भएर ठमेलका बजारदेखि, जनसरोकारका कार्यालयसम्म आफै पुगेर हेरेहुन्छ । तपाईहरुका स्कर्टिंगबीच गाडीको कालो सिसाभित्रबाट देखेको र तल्लाले बनाइ पठाएको तथ्यांकले बोलेजस्तो वास्तविक समाज छैन ।

एकपटक अफिस समयमा तपाइहरु माइक्रोबस चढेर हेर्नुहोस् । गुन्द्रुक कोचिएझै कोचिएका जनताको कुरा सुन्नुहोस् । नेपाल बुझिन्छ ।

कसले के जिम्मेवारी राख्ने रु र के लिने रु भन्नेभन्दा बढी सुरक्षा निकायहरुले पहिला जनतालाई कसरी सुरक्षित महशुस गराउने रु भन्ने सवालमा बढी ध्यान दिन जरुरी छ । कुन संगठन केका लागि हो भन्ने कुरा ऐन, नियम, उद्देश्य र परम्पराबाट प्रष्ट भइसकेको छ र थप ज्ञान चाहिए छिमेकी र अन्य मुलुकको उदाहरणबाट पनि सिक्न सकिन्छ ।

हरेक परिवर्तन समाज सुरक्षिनत पार्न हुनपर्यो, नकि आफ्नो अधिकार र प्रभाव अनि आय बढाउन ।

यस कार्यमा संसदीय समितिभन्दा बढी व्यावसायिक सुरक्षा विशेषज्ञबीच बढी छलफल हुनुपर्छ । यो कार्य हामी बस्ने समाज र विकाससँग पनि सम्वन्धित छ । संगठन र शक्तिका बारेमा मात्र होइन, कर तर्ने समाजको बारेमा पनि सोचिदिनु आवश्यक छ ।

तपाईहरु दुवैलाई विवाद सुल्टाई जनतालाई थप सुरक्षित महशुस गराउन सफलता मिलोस् ।
९लेखक, नेपाल प्रहरीका पूर्वएसएसपी हुन्०

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१