काठमाडौं । हरेक वर्ष जुलाई ३० लाई अन्तर्राष्ट्रिय मानव वेचविखन विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ ।
मावन वेचविखन विरुद्ध सचेतनालाई प्रचारप्रसार साथै पीडितहरुको सुरक्षाका लागि सन् २०१३ मा संयुक्त राष्ट्र अन्तर्गतका सदस्य राष्ट्रहरुले जुलाई ३० लाई अन्तराष्ट्रिय मानव वेचविखन विरुद्धको दिवसको रुपमा मनाउने संकल्प अघि सारेका थिए ।
सन् २०१० मा आएर ग्लोवल प्लान अफ कम्व्याट ट्राफिकिङ इन पर्सन लाई मुख्य योजनाका रुपमा अघि सारियो । त्यसपछि संयुक्त राष्ट्र संघ मार्फत विश्वका अन्य मुलुकसँग पनि सहकार्य गरी यस विरुद्ध आवज उठाउन थालियो ।
संयुक्त राष्ट्रसंघीय मानव बेचविखन सम्बन्धी प्रोटोकलमा १७३ मुलुकले हस्तक्षर गरिसकेको छ । नेपाल यसको हस्तक्षर मुलुक भने होइन यद्यपि सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको ११औँ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२ लाई वि.स. २०६३ भाद्र २० गतेका दिन तत्कालिन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भाद्र २० का दिन यो दिवस मनाउन थालिएको हो ।
संयुक्त राज्य अमेरिकाले विश्वका विभिन्न मुलुकमा अध्ययन गरी प्रत्येक वर्ष ट्राफिकिङ इन पर्सन सार्वजनिक गर्दै आएको छ । सन् २०१९ को अध्ययन प्रतिवेदनमा सदा झै नेपाल दोस्रो तहमा परेको छ ।
नेपालले मानव वेचविखनको क्षेत्रमा पूर्णरुपमा मापदण्ड पुरा नगरे पनि निरन्तर प्रयासरत छ । साथै पछिल्लो समय पुरुषहरु पनि मानव वेचविखनमा पर्ने गरेको तथ्याङक सार्वजनिक गर्नु सकरात्मक भएको देखाएको छ ।
नेपालको पछिल्लो अवस्था
मानव वेचविखन वा ओसारपसार आफैमा जघन्य अपराध हो । नेपालको कानुनले पनि यसलाई जघन्य अपराधको रुपमा इङगित गरेको छ । अन्य मुलुक जस्तै नेपाल पनि यो समस्याबाट अछुतो छैन । विगतमा गाउँबाट शहर अनि विशेष गरी भारततर्फ बढि मानव तस्कार हुने गर्दथ्यो । अहिले क्षेत्रहरु फेरिदै गएका छन । अनि मानव वेचविखनको शैली पनि ।
विगतमा यौनशोषणका लागि भारतमा धेरै नेपाली महिलाहरु बेचिने गर्दथे । तर अहिले रोजगारीका नाममा मानिसहरु बेचिने गरेको प्रहरीको भनाई छ । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा प्रलोभन देखाई विश्वका ठुला मुलुक देखि विभिन्न साना मुलुकहरुमा नेपाली महिला र पुरुष दुवै वेचिने गरेको बताउँछन् मानव वेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलिया ।
प्रहरीको रेकर्ड अनुसार ललाईफकाई, प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई लोभलालच देखाई विभिन्न माध्यमबाट मानव वेचविखन हुने गरेको तथ्याङक छ । २०७१ देखि २०७६ साउन महिनासम्म करिव १७ सय भन्दा बढीको उद्धार गरिएको छ । विगत तीन वर्षको मात्र तथ्याङ्क हेर्ने हो भने एक हजार दुई सय नौ पीडित मध्ये तीन सय ८५ जना महिला र १९ वर्ष देखि २५ वर्ष उमेरका किशोरीहरु छन् । विगत तीन वर्षको अवधिमा एक हजार एक सय ९१ अभियुक्त पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७४/७५ मा लोभलालच देखाई ३ सय ८५ जना विश्वका विभिन्न मुलुकहरुमा बेचिएको तथ्यांक छ । २०७६ वैशाख देखि यता मात्र विभिन्न १२ घटनामाथि छानविन भइरहेको छ । ११ वटा मुद्धा दर्ता भएका छन् । २९ जना अपराधी फरार रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्याङक छ ।
२०७६ वैशाखदेखि साउन सम्म २ सय ५१ जनाको उद्धार भयो । जसमा एक सय ९६ महिला र ५५ जना पुरुष छन् । २०७६ साल वैशाख ५ गते भारतबाट १३ जना महिलाको उद्धार गरिएको थियो । २०७६ वैशाख २६ गते मिजुरोम भारतबाट २३ जना महिला र किर्किस्तान, इराकबाट ६ जना पुरुषको उद्धार गरिएको थियो ।
२०७६ वैशाख १० गते लिबिया १७ जना पुरुषको उद्धार गरिएको प्रहरीको तथ्याङक छ । २०७६ साल साउन १ गते केन्याबाट १२ जना महिलाको उद्धार गरियो । २०७५ साल फागुन ७ गते भारत मणिपुरबाट एक सय ७९ महिलाको उद्धार गरियो ।
२०७५ चैत्र २५ गते कुवेतबाट एक महिलाको उद्धार भयो । आर्थिक वर्ष २०७१/७२ जम्मा २ सय २० जना महलिा पुरुष मानव तस्करका शिकार बने । एक सय ८१ को मुद्धा दर्ता भएको थियो । यी मध्ये ललाईफकाई १ सय ६० जना लोभलालचमा पारी ७० जना धाकधम्की देखाइ २१ जना, नक्कली विवाह गरी १५ जना र १४ जना आफन्त भेटाउन घुम्ने वाहाना बनाएर र औषधि खुवाएर ३ जनालाई विभिन्न मुलुकमा लगी बन्धक बनाइएको थियो ।
आर्थिक वर्ष २०७२/७३ मा ३ सय ५२ जना मानिस वेचविखनमा परे भने २ सय १२ उजुरी पर्यो । यी मध्ये ललाईफकाई १ सय ४१ जना, लोभलालच १ सय १२ जना, नखुलेको ८७ र नक्कली विवाह गरी फसाउने ९ जना र अन्य ३ जनालाई विभिन्न स्थानबाट उद्धार गरिएको थियो ।
आर्थिक वर्ष २०७३/७४ ३ सय ११ उद्धार भयो । २ सय २७ उजुरी परे । ललाईफकाई २ सय १, लोभलालच देखाएर ७३, नक्कली विवाह गरेर ५, घुुम्ने आफन्त भेटाउने र धाकधम्की मार्फत ६ जना वेचविखनमा परेका थिए ।
२०७४/७५ मा वेचविखनमा परेका ५ सय ४६ जनाको उद्धार भयो । १ सय ९० उजुरी पर्यो । लोभलालच देखाइ २ सय ८५, नक्कली विवाह गरी १८, जागीर दिने वहानामा ५८ जना, धाकधम्की देखाएर ३९ जना, विदेश लाने बहानामा ३५, औषधि प्रयोग गरी ९ जना लाई मानव तस्करले विश्वका विभिन्न मुलुक पु¥याएका थिए ।
यी अधिकांश र पुरुष वा महिलाहरु ललाई फकाई वा लोभलालच देखाई अन्य मुलुकमा लगि अलपत्र पार्ने तथा विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुन बाध्य बनाउने गरेको प्रहरीको भनाई छ ।
अहिले वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन हुँदै आएको छ । मानव तस्करले अवैध बाटो हुँदै मानिसलाई बेचबिखन गर्ने गरेको प्रहरीले जनाएको छ ।
कानूनमा यसरी बेचबिखन गर्नेलाई १५ वर्षसम्म सजाय हुने व्यवस्था छ । अपराधिक गतिविधिको बदलिँदो शैलीका कारण कानुनी कारवाहीमा समेत जटिलता भएको अनुसन्धान व्यूरोको भनाई छ । यस्ता घटनाको प्रभावकारिताका लागि कानुन नै सुधार गर्नुपर्ने बताउँछन् प्रवतmा थपलिया ।
यसैबीच, आर्थिक वर्ष २०७४/७५ मा ४ सय ६३ पुरुष र १ सय ६६ फरार अभियुक्त पक्राउ परिसकेका छन ।
अन्तराष्ट्रिय श्रम संगठन २०१८ को तथ्याङ्क अनुसार विश्वमा ४० लाख मानिसहरु बेचविखनको शिकार बन्ने गरेका छन् । जसमा ८१ प्रतिशत बाध्यकारी श्रममा लगाउने देखि अन्य अनैतिक क्रियाकलापमा सामेल गराउने गरेको पाइएको छ । यसमध्ये २५ प्रतिशत बालबालिका र ७५ प्रतिशत महिला तथा युवती पर्ने गरेका छन् ।
प्रतिक्रिया