स्थानीय तहमा अझै पुगेन बैंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७६, बुधबार ०४:५३

काठमाडौं । देशभरका २१ वटा स्थानीय तहमा अझै बैंक पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रदेश ५ का सबै स्थानीय तहमा बैंकको शाखा पुगिसकेका छन् ।

तर, ६ वटा प्रदेशका २१ तहमा शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । प्रदेश १ को ताप्लेजुङस्थित मिक्काखोला गाउँपालिकामा शाखा खुल्न बाँकी छ । प्रदेश दुईको धनुसाको जिराभवानी गाउँपालिका र धनुसाको धनुषाधाम नगरपालिकामा शाखा खुल्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश ३ को धादिङस्थित नेत्रवति र रुवी भ्याली गाउँपालिकामा शाखा खोल्न बाँकी रहेको छ । प्रदेश ४ को मनाङस्थित नार्फु र गोर्खास्थित धार्चे गाउँपालिकामा शाखा खुल्न बाँकी रहेको छ ।

प्रदेश ६ का डोल्पास्थित काइके, छार्का र डोल्पो बुद्ध गाउँपालिका, कालिकोटस्थित महावै, जाजरकोटस्थित जुनिचाँदे र बारेकोटमा शाखा खुल्न बाँकी छ । यसैगरी प्रदेश ७ को बाजुरास्थित पाण्डव गुफा, स्मीकार्तिक, बझाङस्थित थलारा, काँडा र बाजुरास्थित गौमुल र बढीनन्दा नगरपालिकामा शाखा खोल्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१