माछापुच्छ्रे बैंकद्धारा पोखरा र भक्तपुरमा वृक्षारोपण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७६, बुधबार ०४:५१

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्लापरिसरमा वृक्षरोपण गरेको छ । बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्थासँगको सहकार्यमा वृक्षरोपण गरेको हो ।

बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पु¥याउने उद्धेश्यले पोखरा महानगरपालीकाको सहयोगमा करिब ७० भन्दा बढी बिरुवाहरु रोपिएको थियो। बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा पनि वृक्षरोपण गरेको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ३१ वटा शाखाहरु लगायत १ सय १२ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २ सय ४३ स्थानबाट सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बंैकको देशभर १ सय४४ वटा एटीएमहरुमार्फत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१