नुवाकोट । जिल्लाको थप्रेकमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका -४ थप्रेकमा खोलाले बगाउँदा स्थानीय धनबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
अविरल वर्षासँगै आएको बाढीले स्थानीय पञ्चकन्या गापा-४ थप्रेकका ३७ वर्षीय धनबहादुर तामाङलाई गौमती खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।
उनी गाउँमा बाख्रा किन्न जाने भनेर घरबाट आइतबार दिउँसो निस्किएका थिए। उनी बेपत्ता भएको खबर प्रहरीमा आएपछि खोजी गर्दै जाने क्रममा गौमति खोलामा शव फेला परेको पल्लिमगरले बताए।
प्रतिक्रिया