नेपाल भ्रमण वर्षमा पुस १४ र १५ गते बोम्बो सम्मेलन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०७६, मंगलवार ०४:४१

काठमाडौं । अन्तर्राष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उदेश्यका साथ आगामि पुस १४ र १५ गते बोम्बो सम्मेलन गर्न लागेको हो ।

नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दे बोम्बो सम्मेलनको जानकारी गराएको हो ।
नेपालको बोम्बोहरुलाई शुद्धिकरण गरेर विश्वसामु प्रवद्र्धन गर्ने योजना सहित सम्मेलनको तयारी भइरहेको समाजका महासचिव विष्णु कुमार तामाङले जानकारी दिए ।

‘बोम्बो संस्कृति नेपालकै साँस्कृतिक सम्पदा हो । यसकारण बोम्बो संस्कृति पर्यटकका लागि अर्को विषय हो’महासचिव तामाङले भने,‘सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षका लागि २० लाख पर्यटक भित्र्याउने सरकारको तयारीमा हामी पनि हातेमालो गर्न चाहान्छौं ।’

बोम्बो संस्कृति, आदिवासी जनजातिको पहिचान मात्रै नभएर नेपालकै साँस्कृतिक सम्पदा रहेको तामाङको भनाई थियो । अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनमा युरोप र सार्क राष्ट्रका बोम्बोहरु सहभागी हुनेछन् । सम्मेलनमा एक हजार बोम्बोहरुको सभागीता हुने समाजका अध्यक्ष महाराज भोम्जनले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्रकै कला, बोन संस्कार, संस्कृति भाषा र साहित्यको प्रवद्र्धन गर्ने उदेश्य सहित सम्मेलन गर्न लागेको हो ।

टेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल ९टान० का वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदीले झाँक्रि संस्कृति र पर्यटन एक अर्कामा जोडिने विषय भएको बताए । नेपालको झाँक्रि संस्कृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्नु पर्यटन व्यवसायीहरुको पनि उत्तिकै दायित्व भएको उनको भनाई थियो । ‘पर्यटकका लागि झाँक्रि डान्स आफैमा रोमाञ्चक दृश्य हो । यसमा टानले प्रवद्र्धन गर्दै लैजाने छ ।’ उनले भने ।

बोम्बो हस्तकलाको प्रदर्शन

सम्मेलनमा बोम्बोले प्रयोग गर्ने विभिन्न हस्तकलाको सामान प्रदर्शन तथा बिक्रिका लागि समेत राखिने छ । प्राचिनकालदेखि बोनहरुले प्रयोग गर्दै आइरहेका सामग्री ड्याङग्रो गजा, घण्टि माला, रुद्राक्ष माला, रिठा माला, बुद्ध चित्त माला, हर्बोटे माला, बिरु माला, सेल माला, सर्पको हडिको माला, दोर्जे, चेरु, त्रिशुल, शंख, कर्ता, बर्जा, कलस९बुम्बा०, फुर्बा, कङलिङ, डमरु, जामापगरि, धुपौरो समेत प्रदर्शनमा राखिने छन् ।

बोम्बो सम्बन्धी ५ वटा कार्यपत्र

१५ गते विभिन्न देशको प्रतिनिधिहरुले आ–आफ्नो देशको बोम्बोहरुको अवस्थाको विषयमा प्रतिवेदन प्रस्तुत गर्ने छ । यस्तै बोम्बो सम्बन्धी ५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकको भनाई छ । कार्यपत्रमाथि विज्ञटोलिले टिप्पणी गरेपछि ‘बोम्बो घोषणा पत्र, नेपाल–२०२०’ सार्वजनिक गर्ने जनाएको छ ।

अनुमानित खर्च ३५ लाख

यो सम्मेलनका लागि ३५ लाख खर्च हुने अनुमान गरीएको छ । यसका लागि विभिन्न निकायसँग समन्वय गर्ने समाजका अध्यक्ष भोम्जनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१