चाबहिल, माइतीघर र जय बागेश्वरीमा आकाशे पुल निर्माण गर्दै काठमाडौं महानगरपालिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०७६, मंगलवार ०४:३४

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ ।

सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको महानगरले जनाएको छ । यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । चाबहिल, जय बागेश्वरीलगायतका स्थानमा आकाशे पुल निर्माणका लागि अघिल्लो वर्ष नै महानगरले बजेट विनियोजन गरेको थियो । सडक विस्तारका क्रममा रहेको भन्दै काम नगरिएको प्रवक्ता डङ्गोलले बताए ।

काठमाडौँमा सवारी साधनको चाप बढेसँगै आकाशेपुलको माग बढिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१