रेस्लर तथा डान्सर निकोल पोलिज्जी बच्चालाई दूध पिलाउँदै रेडवाइनमा मस्त !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७६, सोमबार ०५:४९

वासिङ्टन । अमेरिकी टेलिभिजन रियालिटी शो होस्टर, रेस्लर तथा डान्सर निकोल पोलिज्जी तीन सन्तानकी आमा पनि हुन् ।

अचेल उनी आफ्नो ८ हप्ताको छोरालाई हुर्काउँदै छिन् । उही ८ हप्ताको शिशुलाई काखमा च्यापेर खिचेको उनको तस्बिर भाइरल भएको छ ।

तस्बिरमा छोरालाई च्यापेकी मात्रै छैनन्, काखको छोरालाई दुध पिलाउँदैछिन् । आफू भने ‘रेड वाइन’ पिउँदै छिन् । तै पनि आफू असल आमा भएको भन्दै उनले इन्स्टाग्राममा लेखेकी लेखेकी छन् । उनको यो फोटोमाथि अनेक टिप्पणी पनि भएको छ । उनका प्रशंसकले समेत आलोचना गरेका छन् ।

३१ वर्षीया यी सेलिब्रिटी ‘स्नुकी’ नामले पनि चिनिन्छिन् । स्नुकीले पोस्ट गरेको फोटोमा केहीले त उनलाई यस्तै गलत काम गरेको सुहाउने भन्दै रोष प्रकट गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१