चक्रपथ सरसफाई महा- अभियानको १२१ हप्ता पुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७६, आईतवार ०५:००

काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले १२१ औ हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलको संयोजनमा भएको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि १२१ औं हप्ता पुरा गरेको हो ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

१२१ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै नदिने अभियानमा लाग्ने सरसफाई अभियानका अभियन्ताहरुको भनाइ रहेको छ ।

अभियानमा ३०० जनाको सहभागी रहेको थियो भने ५ टन फोहोर संकलन गरिएको थियो ।

१२१ हप्ताको सफाई गंगबुचोक देखि पश्चिम तर्फका चोक दायाँ बायाँ क्षेत्रको वारिपारी रहेका घरदैलो,पसल पसल, घर घर बाहिर थुपारेका फोहर लिन आउने बेला सिठिको आवाज संगै फोहर निकाल्नु पर्ने नआएको खण्डमा आफ्नै घर कम्पाउण्ड भित्र सुरक्षित आफैंले गर्नु पर्ने कुरा जानकारी गराउदै घर बाहिर भएको फोहर घरभित्र राख़्न समेत जानकारी गराएको संयोजक टन्डनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१