‘दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७६, आईतवार ०४:५०

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार राजधानी काठमाण्डौमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पुर्वाधारका कारणले खेल नरोकिने बताउनुभएको हो । उहाँले केही खेलका लागि बैकल्पिक रंगशालाको व्यवस्था गरिएकाले कार्यविधि र पुर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पार्नुभयो ।

उहाँले प्रतियोगिता गर्न राष्ट्रले प्रतिवद्धता जनाईसकेकाले कुनै पनि वहानामा त्यसबाट पछि हट्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भएपनि त्यसबारे सम्बन्धित निकायमा आफुले कुरा राखिसकेकाले फास्ट ट्रयाक मार्फत गएर भए पनि प्रतियोगिता संचालन गरिने दाबी गर्नुुभयो । साथै प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको उहाँले जानकारी गराउनुभयो ।

रंगशाला निर्माण, रंगशाला सम्मको सडक विस्तार लगायत खेलका पुर्वाधार तयार नहुनु, बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नहुने हो कि भन्ने आशंका बढीरहेका बेला नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि वहानामा नरोकिने बताउनुभएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१