छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७६, आईतवार ०४:४७

काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा हुने भएको छ । आगमी अगष्ट ३ देखि ५ सम्म चल्ने उक्त सम्मेलन बेलायतको लन्डनमा हुने आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) , बेलायतले जनाएको छ ।

नेपाली वाङ्मयलाई विश्वभर फैलाउनका लागि सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । अनेसासले आफ्नो स्थापना कालदेखि नै नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गर्दै आएको बताएको छ ।

आगामी छैटौं अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि त्यसैको निरन्तरताका रुपमा हेरिएको छ । डायस्पोरिक नेपाली साहित्य लेखनको विशेष पर्याय बनेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालसम्म विश्वभरीका ७० वटा राष्ट्रहरुमा एकसय जति च्याप्टरहरु खडा गरेर भाषा साहित्यको अभियानमा रेकर्ड कायम गरेको जनाइएको छ ।

समाजले यसअघि पाँचवटा अन्तर्राष्ट्रिय सम्मेलन, दर्जनौं क्षेत्रीय सम्मेलन र २ वर्टा अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सम्पन्न गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१