पूर्वअर्थमन्त्रीहरुको टिप्पणी- सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी तयारी गर्न सकेन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०७६, शनिबार ०४:२७

काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन् ।

पूर्वअर्थमन्त्री एवं समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई, कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा। रामशरण महत र नेकपाका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष सुनाउका हुन्।

शुक्रबार काठमाडौंमा ‘नेपाल इकोनोमिक आउट लुक’ सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा। भट्टराईले सरकारले मुलुकको दिगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक विकास हुने गरी लगानीको व्यवस्था गर्न समेत आवश्यक तयारी गर्न नसकेको टिप्पणी गरे ।

उनले आर्थिक विकासलाई सरकारले मुल एजेन्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको दावी गरे । आन्तरिक तथा बाह्य लगानीको व्यवस्था र पूर्वाधार विकासमा जोड दिएर मात्रै नेपालको दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन सक्ने भट्टराईको भनाइ छ ।

कांग्रेस नेता डा। महतले सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजना समेत तय गर्न नसकेको बताए । उनले मुलुकको दिगो आर्थिक विकासका लागि संस्थागत क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

सत्तारुढ नेकपाका नेता पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन नसकेको दावी गरे । उनले राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सकिने स्पष्ट पारे ।

पाण्डेले दिगो आर्थिक विकासका लागि धेरै योजना तय गर्नेभन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढन पनि सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१