जावलाखेलको सार्वजनिक जग्गामा बनेका टहरामाथि डोजर चल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०७६, शनिबार ०४:१९

काठमाडौं । सडक आसपासको सार्वजनिक जग्गा मिचेर बनाइएका ललितपुरस्थित जावलाखेलस्थित टहरामा डोजर लगाइएको छ ।

जावलाखेलस्थित चिडियाखान नजिकै रहेका टहरा शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयले डोजर लगाएर टहरा भत्काइएको लितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी जानकारी दिए । उनका अनुसार भत्काएवातावरणीय प्रभाव, दुर्घटनालगायतलाई ध्यानमा राखेर सडक छेउमा बनाइएका टहराहरु हटाइएको हो ।

सार्वजनिक जग्गामा गत ५२ सालदेखि टहरा बनाएर पसलहरु सञ्चालन गरिँदै आएको थियो । गृहमन्त्रालय र अख्तियारले समेत सो क्षेत्रका टहरा हटाउन भनेकाले हटाइएको प्रजिअ जोशीको भनाइ छ । प्रशासनले डोजर लगाउने थाहा पाएपछि केही पसलेहरुले सामान सारेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१