नेकपाको सचिवालय बैठक स्थगित: स्कुल विभाग मुख्य समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७६, शुक्रबार ०५:३७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आज पनि स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशुले जानकारी दिए । अर्को बैठक दुई अध्यक्षको छलफलले तय गर्नेछ ।

कार्यविभाजनमा स्कुल विभागको नेतृत्व कस्ले लिने भन्नेमा विवाद बढेपछि सचिवालय बैठक स्थगित भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच नै स्कुल विभागको नेतृत्वका विषयमा सहमति नभएपछि गएको मंगलबार बस्ने भनिएको बैठक समेत बस्न सकेको थिएन् ।

अब स्कुल विभागमा को रु

स्कुल विभागको नेतृत्वमा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गरेपछि दुई अध्यक्ष नै विभाजन भए । प्रधानमन्त्रीसमेत रहेका ओलीले पोखरेललाई स्कुल विभागको नेतृत्व दिन खोजिरहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले श्रेष्ठलाई बनाउन खोजेका छन् ।

पटक पटक विवादीत अभिव्यक्ति दिएका पोखरेललाई पूर्वमाओवादी खेमाले स्वीकार गरेको छैन् भने रक्षामन्त्री भएकाले प्रवक्ता श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने तर्क गरिएको छ । तर दोहोरो जिम्मेवारी अरुले पनि पाएकाले आफूले पाउनु पर्ने पोखरेलले तर्क गरेका छन् ।

नौ जनाको सचिवालयमा पोखरेललाई स्कुल विभाग प्रमुख बनाउन अध्यक्ष ओली र महासचिव विष्णु पौडेल लागि परेका छन् । श्रेष्ठको समर्थनमा भने अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र रामबहादुर थापा ुबादलु छन् ।

दुई अध्यक्षबीचको छलफलका आधारमा अब पोखरेल स्कुल विभागको प्रमुख बन्ने सम्भावना लगभग सकिएको छ । दोस्रो रोजाईमा झलनाथ खनाल र घनश्याम भुषालको चर्चा भैरहेको छ । तर ओलीले खनाल र भुषाललाई स्कुल विभाग प्रमुख बनाउनु भन्दा दुई अध्यक्षसँगै राख्ने प्रस्ताव गरिसकेका स्रोतको दावी छ ।

स्कुल विभागमा दुई अध्यक्षबीच सहमति भएपछि मात्र अब सचिवालय बैठक तय हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१