एनआईसी एशिया बैंकलाई उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७६, शुक्रबार ०५:३१

काठमाडौं । एनआईसी एशिया बैंकले उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८ पाएको छ । एनआईसीले सबैभन्दा उत्कृष्ट वित्तिय प्रतिवेदन प्रस्तुत गरेको भन्दै उक्त अवार्डद्धारा सम्मानित भएको हो ।

नेपालका वाणिज्य बैंकहरुको वार्षिक वित्तिय प्रतिवेदनहरुमा द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल ९आइक्यान० ले एनआईसी एशिया बैंकको प्रतिवेदनलाई सर्वोत्कृष्ठ ठहर गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई अर्थमन्त्री डा युवराज खतिवडाले ‘उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८’ प्रदान गरेका हुन् ।

आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यो अवार्ड प्राप्त गर्ने संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ठ वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाका रुपमा लिइन्छ ।

एनआईसी एशिया बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्डस् ९एनएफआरएस० को मापदण्ड बमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरुको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको मानिएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर २९२ शाखा कार्यालय, ३१० एटिएम, ५१ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१