गर्भवती अवस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७६, बुधबार ०५:२९

दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल हुन्छ । यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन्। नौ महिनासम्म यौन सम्पर्क राख्न नपाउँदा असहज लाग्नु स्वाभाविकै हो । तर, अरू अवस्थामा भन्दा गर्भावस्थामा यौन सम्पर्क राख्दा केही सावधानी अपनाएमा यौन आनन्द लिन सकिन्छ ।

गर्भावस्थामा प्रायः महिलालाई यौन इच्छामा कमी आउन सक्छ । केही महिलालाई भने यौन सम्पर्क राख्ने इच्छा बढेको पनि पाइएको छ । त्यतिबेला महिलाको पेट बढ्ने, वाकवाकी लाग्ने, बारम्बार पिसाब लागिरहने आदि हुनाले यौनप्रति त्यति चाहना हुँदैन । गर्भावस्थाको पहिलो तीन महिनामा यौन सम्पर्क राख्नु हुँदैन। त्यतिबेला गर्भपात हुन सक्ने खतरा हुन्छ । त्यस्तै, सात महिनापछि पनि यौन सम्पर्क राख्नु हुँदैन । यतिबेला बच्चाको तौल बढ्ने र हाडहरूको विकास पनि तीव्र रूपमा भइरहेको हुन्छ ।

तीन महिनादेखि सात महिनाका बीचमा बच्चालाई असर नपुर्याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ । महिला माथि र पुरुष तल बसेर गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन गर्भवती महिलालाई लाभप्रद हुन सक्छ । यस बेला कन्डमको प्रयोग गरेर यौन सम्पर्क राख्दा भ्रुणमा इन्फेक्सन हुन दिँदैन। योनिबाट रगत बग्ने, तल्लो पेट दुख्ने आदि भएमा यौन सम्पर्क तत्काल रोक्नुपर्छ । श्रीमतीसँगको सरसल्लाह एवं समझदारीमा मात्र यौन सम्पर्क राख्नुपर्छ। यस बेला पुरुषले सावधानीपूर्वक यौन सम्पर्क राख्नुपर्छ ।

उत्तेजनामा आएर ख्याल नगरी कदापि सम्बन्ध राख्नु हुँदैन । पुरुष कुनै पनि हालतमा सभ्भोग गर्ने मनस्थितिमा प्रस्तुत भयो भने बच्चालाई चोट पुगेर गर्भ तुहिन पनि सक्छ । गर्भावस्थामा उत्तेजनामा आएर मुख मैथुन, गुदा मैथुन गर्नु राम्रो हुँदैन । सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूर्ण भएर यौन सम्पर्क राखेको राम्रो हुन्छ ।

पहिला गर्भ तुहिएकाले सावधानी अपनाउनुपर्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना तीन महिनादेखि सात महिनाका बीचमा पनि यौन सम्पर्क राख्नु हुँदैन । यो कुरामा अत्यन्त संवेदनशील भएर ख्याल पुर्याउनुपर्छ । गर्भधारणपछि पनि तुरुन्तै यौन सम्पर्क राख्नु हुँदैन । अपरेसन गरेर बच्चा जन्माएको वा योनि च्यातिएर सिजरिङ गरेको हो भने चिकित्सकको परामर्शविना यौन सम्पर्क गर्नु हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१