अनुहार गोरो र चम्किलो बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यो घरेलु उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७६, बुधबार ०५:२४

काठमाडौं । सुन्दरतालाई विशेष गरि अनुहारसँग जोडेर हेर्ने गरिन्छ । सुन्दर अनुहारले सबैलाई आकर्षित गर्छ । वास्तवमा सुन्दरता अनुहारको रंगमा भन्दा व्यक्तिको सोंचमा लुकेको हुन्छ । तर सुन्दरतालाई अनुहारसंग जोडेर हेरिने प्रचलनले गर्दा धेरै व्यक्तिहरु आफ्नो अनुहारको रंगलाई लिएर चिन्तित हुन्छ।

साधारणतया धेरै व्यक्तिलाई आफ्नो अनुहार गोरो होस् भन्ने चाहना हुन्छ । गोरो अनुहारका लागि मानिसहरु विभिन्न क्रिम र औषधि प्रयोग गर्ने गर्छन् । महँगो पैसा तिर्न सक्नेले प्लास्टिक सर्जरी समेत गर्ने गर्छन् । क्रिम र औषधिले अनुहार गोरो बनाउन चाहनेलाई केही समय सन्तुष्टि दिएपनि दिर्घकालिन समाधान दिंदैन । यसले छालामा नराम्रो असर पर्ने सम्भावना पनि हुन्छ । त्यस्तै, प्लास्टिक सर्जरी महँगो त हुन्छ न, यसको साथै यो शरीरको स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिंदैन।

यी सबै समस्याबाट टाढा रहेर अनुहारलाई गोरो बनाउनको लागि घरेलु विधि अपनाउन सकिन्छ । यसको लागि गुलाबजल र कागतीको रसलाई प्रयोग गर्न सकिन्छ । एउटा कचौरामा केही गुलाबजल र केही कागतीको रस मिलाउनुपर्छ । त्यसपछि यो मिक्स अनुहारमा लगाएर केही छिन मसाज गर्नुपर्छ । कम्तीमा बीस मिनेट मसाज गर्दा राम्रो नतिजा पाउन सकिन्छ । बीस मिनेटसम्म मसाज गरिसकेपछि सफा पानीले अनुहार धुनुपर्छ।

अनुहारमा जमेको फोहोर, मृत कोषिकाले अनुहारलाई थप कालो र चमकहीन बनाइरहेको हुन्छ । कागतीको रस र गुलाबजलको मिश्रणले अनुहारमा भएको फोहोर निकाल्छ । यसले मृत कोषिकाहरु निकाल्छ, अनुहार सफा गर्छ । त्यसैले कागतीको रस र गुलाब जलको मिश्रणले नियमित रुपमा मसाज गर्नाले अनुहार गोरो, दाग धब्बा रहित हुनुका साथै अनुहारको चमक समेत बढ्छ । यसले व्यक्ति आफ्नो वास्तविक उमेरभन्दा जवान देखिन समेत मद्दत गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१