माछापुच्छ्रे बैंकले खोल्यो ३ अर्बको ऋणपत्र, व्याजदर १०.२५ प्रतिशत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७६, बुधबार ०५:१६

काठमाडौं । माछापुच्छ्रे बैंकले सोमबार देखि ३ अर्ब रुपैयाँ बराबरको ‘माछापुच्छ्रे ऋणपत्र २०८५’ जारी गरेको छ । बैंकले एक हजार अंकीत मूल्यको ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो । बैंकले ऋणपत्रको व्याजदर १०.२५ प्रतिशत हुने बताएको छ ।

कुल निष्काशित ऋणपत्र मध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ भने बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री हुनेगरि निष्कासन गरेको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते देखि ढिलोमा भदौ ३ गतेसम्म निष्काशन खुला रहनेछ ।

बैंकको ऋणपत्रले आइसिआरएएन–आइआर मा ‘ए–माइनस’ रेटिङ पाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१