काठमाडौं । बलिउड अभिनेत्री कोइना मित्र चेक बाउन्स मुद्दामा दोषी ठहरिएकी छिन् ।
मुम्बइस्थित महानगरीय मजिस्ट्रेड अदालतले उनीविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदे दोषी ठहर गरेको थियो ।
उदालतले उनीविरुद्धको चेक बाउन्स मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ ।
अभिनेत्री मित्रले आफूविरुद्ध लागेको आरोप अस्वीकार भएको बताएकी छिन् ।
मोडल पुनम सेथीले अभिनेत्री मित्र विरुद्ध २२ लाख रुपैयाँ भारुको चेक बाउन्स गरेको भन्दै उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया