नयाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण केबलकार, दशैंसम्ममा सञ्चालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७६, बुधबार ०४:५४

पोखरा । पोखराको नयाँ पर्यटकीय गन्तव्यका रूपमा हाल निर्माण हुँदै गरेको अन्नपूर्ण केबलकारको करिब ८० प्रतिशतजसो निर्माण कार्य सम्पन्न भएको छ ।

नेपालीहरूको महान चार्ड दसैं पर्वको अवसरमा सो केबलकार सञ्चालनमा ल्याउने गरी हाल निर्माण कार्य करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको सञ्चालक निर्देशक मध्येका एक तीर्थराज त्रिपाठीले बताए ।

उनका अनुसार, उक्त केबलकारमा प्रयोग हुने विभिन्न वस्तुसहितका मेसिनरी सामानहरू पोखरा आइसकेका छन् । जेनेरेटर पोखरा आउँदै गरेको बताएको उनले केबलकारमा प्रयोग हुने डोरी, गण्डलासहितका मेसिनरी सामानहरू पोखरामा आइसकेकाले अब त्यसलाई जडान कार्य बाँकी रहेको निर्देशक त्रिपाठीले बताए ।

माथिल्लो ९टप० स्टेसनमा छानो हालिसकिएको छ भने तल्लो ९बटम० स्टेसनमा छानो हाल्ने क्रम सुरु भएको छ।

स्टेसनमा छानो हालेपछि स्टेसनको फिनिसिङ गर्ने काम बाँकी रहेकाले उक्त काम पानी परे पनि खासै नरोकिने जानकारी दिएको छ । १८ वटा टावरमध्ये हालसम्म १७ वटा पूर्णरूपमा निर्माण गरिएको छ भने बाँकी एउटा चौथो टावरका रूपमा रहेको उक्त टावरको हाल निर्माण हुँदैछ । स्टेसनमा टायल, मार्बल इन्टरनेट, कार्यालय व्यवस्थापन, पार्किङलगायतका काम हुने भएको छ।

भदौमा जापानबाट आउने प्राविधिक टोलीले उक्त केबलकारको सुपरभिजन गरी केवलकार असोजभित्र सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको त्रिपाठीले निर्माता कम्पनीले जनाएको छ । हाल दैनिकजसो ६० जना उक्त परियोजनामा कर्मचारी आबद्ध छन् ।

माथिल्लो स्टेसनको भवनमै माथिल्लो तलामा आर्सीसी विल्डिङमा उच्च स्तरको रेस्टुराँ सञ्चालन गर्ने तयारी गरेकाले उक्त परियोजनामा थप लगानी तथा थप समय लागेको त्रिपाठीले बताए ।

हाल १ अर्ब ३० करोड लगानी हुने देखिएको छ । नेपाल राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले उक्त परियोजनामा बैंकिङ पार्टनरका रूपमा छन् ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टका रूपमा आफूहरूले विकसित गर्न खोजिएको निर्माण कम्पनीले जनाएको छ । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा ९गोन्डोला० रहने भएका छन् भने प्रतिडिब्बमा ८ जनाको सिट क्षमता रहनेछ । एउटा डिब्बा सामान बोक्नका लागि बाँकी १७ वटा यात्रुका लागि प्रयोग हुने बताइएको छ ।

माथिल्लो स्टेसन भवनसहित स्काई हेवन वेलुन रेस्टुराँ, भ्यू–टावर निर्माण हुँदैछ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण हुने भएको छ। स्टेसन निर्माण गर्ने विषयमा पहिला स्टिल फेब्रिकेसन मोडल निर्माण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसीसी ९कंक्रिट० मोडलमा निर्माण गरेकाले लागत बढ्न गएको हो ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो, वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । प्रतिघण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षमताको केबलकार निर्माण हुँदैछ ।

केबलकार निर्माण भएपछि फेवातालको किनार सेतीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ। अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ। सराङकोट र सेतीबगरमा स्टेसन राख्नका लागि कम्पनीले जग्गा खरिद गरिसकेको छ भने वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना गराइसकेको कम्पनीले जनाएको छ।

कम्पनीले लुम्लेमा विभिन्न व्यक्तिहरूसँगबाट जग्गा किनेर सट्टा भर्ना दिएको छ। साथै कम्पनीले वार्षिक उक्त जग्गाको राजस्वसमेत तिर्नुपर्ने हुन्छ। सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृत दिएको छ। त्यसैगरी कम्पनीले तल्लो स्टेसनमा १४ र माथिल्लो स्टेसन क्षेत्रमा करिब १२ रोपनी जग्गा लिएको छ ।

केबलकारमा प्रतिष्ठित व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१