काठमाडौं । प्रहरीले आफ्नै १४ वर्षीय भतिजीको बलात्कार गर्ने काकालाई पक्राउ गरेको छ । सोलुखुम्बुका ति काकाले कक्षा ६ मा अध्ययनरत आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरी गर्भवति बनाएको प्रहरीले जनाएको छ । उनको पेटमा ८ महिनाको गर्भ रहेको प्रहरीको भनाइ छ ।
सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा उक्त घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले घटनाको पुष्टि गरेको छ ।
उनले भतिजीलाई पटक–पटक बलात्कार गरेको खुलेको पनि प्रहरीले जनाएको छ । कक्षा ६ मा पढ्दै गरेकी ती किशोरी ८ महिनाको गर्भवती रहेको लुक्लास्थित एक अस्पतालले जनाएको छ ।
बलात्कार गर्ने काकालाई सोमबार प्रहरी चौकी लुक्लाले नियन्त्रणमा लिई मंगलबार नै सदरमुकाम सल्लेरी ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीविरुद्ध हाडनाता करणीमा मुद्दा चलाउने तयारी गरेको छ ।
बलात्कृत किशोरीको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै पीडित किशोरीको बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया