व्यक्तिगत लेनदेनको बिषयमा विवाद हुदा वैदेशिक रोजगार विभागमा उजुरी अन्ततः आफै फसे उजुरीकर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७६, मंगलवार १८:५४

केहि समय अघि वैदेशिक रोजगारीका क्रममाआफु ठगिएको मुद्दा लिएर विभाग धाउने सुनसरी स्थायी ठेगाना भइ काठमाडौंको नागार्जुन–९ स्यूचाटार बस्ने तीर्थराज निरौला अन्ततः आफै फन्दामा परेका छन् । वैदेशिक रोजगारीको क्रममा ठगीएको भन्दै निरौलाले बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा उजुरी पनि गरे तर अहिले आएर कुरा बाझिएको छ ।

प्यूठानको साविक खुङ गाविस–७ घर भएका अमर कुँवर र मोरङ जिल्ला विराटनगरपालिका–३ घर भएकी दीक्षा कुँवरको विभिन्न प्रलोभनमा परेर ठगिएको बताएका कुँवरलाइ अहिले संयुक्त अरब इमिरेट्स (युएई) काे आवुधावीस्थित नेपाली दूतावासले कारवाही गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सिफारिस गरेको छ । अमर कुँवर र दिक्षा कुँवरले दूतावासमा जेठ २ गते दिएको निवेदनको आधारमा निरौलालाई कारबाहीको लागि सीआईबीलाई पत्र काटिएको श्रम सहचारी भुषालले जानकारी दिए ।

यसअघि निरौलाले अमर कुँवर र दिक्षा कुँवरले आफूलाई ठगेको भन्दै दूतावासमा दिएको निवेदनको आधारमा दूतावासले कुँवरद्धयलाई कारबाहीको लागि सीआईबीलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१