किन घटेन सुनको मुल्य ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७६, सोमबार १२:०६

साताको दोश्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य आइतबारकै मूल्यमा कारोबार भईरहेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपयाँले कारोवार भई रहेको नेपाल सुन चांदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबार प्रतितोला ६५ हजार ५ सयमा कारोबार भएको सुन आइतबार ६५ हजार रुपैयामा कारोबार भइरहेको थियो, जुन आज स्थिर अवस्थामा रहेको छ । यस्तै, आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य तोलामा ७ सय ६५ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केहि समयदेखि बढिरहेको कारण नेपालमा पनि सुनको भाउ केहि समय यता बढीरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१