सेनाको जहाजको भुक्तानी गर्न १ अर्ब ३९ करोड रकमान्तर, प्रधानमन्त्री घुम्दा साढे चार करोड सकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७६, सोमबार ०४:५३

काठमाडौं। सरकारले आर्थिक बर्षको अन्तिममा २० अर्ब रुपैयाँभन्दा बढि रकमान्तर गरेको छ। अर्थमन्त्रालयले आर्थिक सहायतादेखि सुचारु रुपमा चलिरहेका परियोजनाहरुलाई अगाडि बढाउनसमेत गरेर २० अन्तिम महिना रकमान्तर बढाएको हो।

कतिपय कर फिर्ताको लागि पनि रकमान्तर भएका छन्। एउटा खातामा भनेर अर्को खातामा हाल्नेदेखि बढि कर तिरेका कारण पनि त्यो फिर्ता गर्नलाई पनि रकमान्तर गरिएको छ।


प्रधानमन्त्री युरोप घुम्दा ४ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ। भारतीय प्रधानमन्त्रीको सपथ ग्रहणमा जाँदा १२ लाख खर्च भएको छ। यो रकम पनि रकमान्तर गरिएको छ।

कर्मचारीको संञ्चित बिदा र औषधि उपचारका लागि अपुग हुने रकम एक अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरिएको छ।

नेपाली सेनाको जहाजको भुक्तानीका लागि १ अर्ब ३९ करोठ रुपैयाँ रकमान्तर भएको छ। २१ करोड रुपैयाँ कर्मचारीले ओभरटाइम काम गरेबापबत भुक्तानी गर्न पनि रकमान्तर भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१