सामसुङले यसरि गरिरहेको छ ग्यालेक्सी फोल्डको परिक्षण, हेर्नुहोस भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७६, आईतवार १५:०३

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनीहरुले नया नया प्रबिधि उपलब्ध गराएर स्मार्टफोन प्रयोगकर्तालाई आफ्नो फोनमा आकर्षित गरिरहेका छन्, नया प्रविधिको प्रयोग गर्ने क्रममा स्मार्टफोन निर्माता कम्पनि सामसुङले पहिलो पटक फोल्ड हुने फोन निर्माण गरेर सार्बजनिक गरिसकेको छ । जसलाई कम्पनीले ग्यालेक्सी फोल्ड को नामले बजारमा ल्याउन लागेको छ ।

सामसुङले २ हजार युरो अर्थात् करिब २ लाख पचास हजार नेपाली रुपैया मूल्य तोकिएको उक्त फोन केहि महिना भित्र बजारमा उपलब्ध गराउने तयारी गरेको छ।

उक्त स्मार्टफोन बजारमा आउने तयारी हुदै गर्दा यसको टिकाउपनको बारेमा पनि चर्चा हुन थालेको छ। कम्पनीले ग्यालेक्सी फोल्ड स्मार्टफोन २ लाख पटक सम्म फोल्ड गर्न सकिने जानकारी दिएको छ । कम्पनीले यो फोन २ लाख पटकसम्म फोल्ड गर्दा यसमा कुनै समस्या नआउने दाबी समेत गरेको छ । यसको लागि कम्पनीले विभिन्न फोल्डिंग परिक्षण गरेको बताइएको छ ।

सामसुङले हालै सार्बजनिक गरेको एक भिडियोमा ग्यालेक्सी फोल्ड जोडिएको एक मेसिनले पटक पटक स्मार्टफोनलाई खोल्ने र बन्द गर्ने गरेको देखिएको छ ।

कम्पनीका अनुसार सो मेसिनले ग्यालेक्सी फोल्डलाइ एकसातासम्म समग्रमा २ लाख पटक खोल्ने र बन्द गर्ने गर्दछ । र यस परिक्षणबाट स्मार्टफोन प्रयोगकर्ताले निरन्तर ५ वर्षसम्म प्रयोग गर्दापनि फोल्डमा समस्या नआउने देखिएको बताईएको छ।
सामसुङले यसरि गरिरहेको छ परिक्षण हेर्नुहोस भिडियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१