ओली र प्रचण्डबीच बालुवाटारमा छलफल : स्कुल विभागको विवाद कायमै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७६, आईतवार ०५:४०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुबीच शनिवार बिहान सचिवालय बैठकको तयारीका लागि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई अध्यक्षबीच कार्य विभाजनका विषयमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

नेकपाका ३२ वटा विभागमा १८ वटा विभाग साविकको नेकपा ९एमाले०लाई र १४ विभाग साविकको नेकपा ९माओवादी केन्द्र०लाई भागबण्डा गरिए पनि स्कुल विभागको विषयमा अझै सहमति जुट्न सकेको छैन ।

स्कुल विभागको जिम्मेवारी प्रधानमन्त्री समेत रहेका ओलीले आफू निकटका ईश्वर पोख्रेललाई दिन खोजिरहेका छन् । तर, अर्का अध्यक्ष प्रचण्डले प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ ुप्रकाशुलाई प्रस्ताव गरेका छन् ।

को होला स्कुल विभागको प्रमुख रु

पूर्वएमालेबाट विदेश विभागको प्रमुखमा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल, नीति विभागको प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संगठनको विभागको प्रमुखमा वामदेव गौतम हुने चर्चा छ । तर स्कुल विभागमा श्रेष्ठ र पोखरेलले दावी गरिरहेका छन् ।

वैचारिक हिसाबले महत्त्वपूर्ण भएकाले पोख्रेललाई पूर्वएमालेबाट समेत स्कुल विभागको प्रमुख बनाउने ओलीको प्रस्तावमा सहमति जुट्न सकेको छैन । पूर्वमाओवादीले पनि वैचारिक हिसाबले पोखरेललाई मान्न नसकिने अडान राखिरहेको छ ।

वैचारिक हिसाबले सन्तुलन मिलाउनकै लागि भए पनि आफ्नो पक्षबाट श्रेष्ठलाई स्कुल विभाग प्रमुख बनाउन प्रचण्ड लागिपरेका छन् । तर, ओली आफ्नो अडानबाट शनिवार बिहानसम्मको छलफलमा पछि फर्किएका छैनन् ।

श्रेष्ठको पक्षमा प्रचण्ड मात्र नभएर नेपाल, खनाल र गौतमसमेत लागेका छन् । पोखरेलको पक्षमा अध्यक्ष ओली र महासचिव विष्णु पौडेल मात्र छन् । सचिवालय सदस्य रामबहादुर थापा ुबादलु कुनै पनि पक्षमा खुलेका छैनन् ।

शनिवार बिहान बसेको बैठकमा समेत अन्य पक्षमा भन्दा स्कुल विभागमा दुई अध्यक्षको अडान कायमै रहेको स्रोतले जनाएको छ । नेकपाको सचिवालय बैठक आइतवार बस्दैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१