एजेन्सी । १९ वर्षकी एक केटीलाई आफ्नो साथीको कोठामा गएका बेलामा ११ जनाले बलात्कार गरेर भिडियो बनाएका छन् । यो घटना साइप्रसको हो । बेलायती एक युवती साइप्रसको रिसोर्टमा बसेकी थिइन् ।
आफ्नो एक केटासाथीको पुगेका बेला ११ जना अरु साथी आएर आफूलाई बलात्कार गरेको ती केटीले बताएकी छन् । १२ जना विरुद्ध नै उनले बलात्कारको मुद्दा हालेकी छन् ।
सबै केटाहरु इजरायलका बासिन्दा हुन् । युवती बेहोस भएपछि मात्र केटाहरुले छाडेको उनले बताएकी छन् । पुलिसले केटीको शरीरमा चोटैचोट पाइएको जनाएको छ ।
अनुसन्धानमा १२ जना मध्ये एक जना केटासँग भने ती युवतीको लामो समयदेखि नै शारीरिक सम्बन्ध रहँदै आएको खुलेको छ । पुलिसले इजरायली केटाहरुलाई गिरफ्तार गरेको छ ।
केटाहरुले भिडियो बनाएर भाइरल बनाएका छन् ।
प्रतिक्रिया