सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रति तोला ६५ हजार पाँच सय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७६, शनिबार ०५:१९

काठमाडौं । सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार प्रति तोला ६५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि असार ६ गते सुनले मूल्य ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । त्यसयता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भएको महासंघले जनाएको छ ।

बिहिबार ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने ५ सय बढेर नयाँ रेकर्ड कायम भएको हो ।

अमेरिकाको चाइना, भारत, इरान लगायतका राष्ट्रहरूसँगको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा नै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१