विद्यालयमै जाँडपार्टी : प्रधानाध्यापक सहित पाँच जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७६, बिहीबार ०५:५१

चितवन । विद्यालयमै जाडपार्टी गर्ने प्रधानाध्यापक सहित पाँच जनाठ पूर्वी चितवनको रत्ननगरवाट पक्राउ परेका छन् ।

रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन ।

असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाडपार्टी गर्दै गरेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

जाडखाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले प्रधानाध्यापक सहित सह प्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार विद्यालय निर्माण गर्न बसेको ठेकेदारको स्टाफहरु बस्ने कोठामा जाडरक्सी सहित पार्टी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१