कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७६, बिहीबार ०५:४२

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । धादिङस्थित त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २४ वर्षीय मदन परियारलाई १७ वर्षपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वि।सं। २०५९ बैशाख ८ गते साविक आगिन्चोक गाविस–६ स्थित विवाहमा गएका गोरखा साविक कान्द्राङ गाविस–१ का ६४ वर्षीय लिलामान परियारको कुटपिटका कारण मृत्यु भएको थियो । उक्त घटनाका फरार अभियुक्त मदनलाई १७ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मदनलाई खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका–१७ ढल्कुमा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालतसमक्ष म्याद अनुमतीका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१