नुप्चे लिखु हाइड्रोपावरमा माछापुच्छ्रेको नेतृत्वमा सात बैंकको लगानी, ८ अर्ब ऋण दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७६, बिहीबार ०५:२१

काठमाडौं। साढे ५७ मेगावाटको नुप्चे लिखु हाइड्रोपावर परियोजनाले बैंक ऋण जुटाएको छ। १० अर्ब ५७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको परियोजनालाई माछापुच्छ्रे बैंकको नेतृत्वमा सात संस्थाले ऋण लगानी गर्न लागेका हुन्।
परियोजनालाई बैंकहरुले ७ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्ने छन्। ऋण लगानी १६ बर्षका लागि हुने छ।

परियोजनामा माछापुच्छ्रेका साथै हिमालयन बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनसिसी बैंक र कामना सेवा विकास बैंकले ऋण लगानी गर्न लागेका हुन्।
ऋण सम्बन्धी समझदारी पत्रमा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र परियोजना निर्माण कम्पनी भिजन इनर्जीका अध्यक्ष टि एन आचार्यले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१